संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२ औँ अधिवेशनमा चीनका सिन्च्याङ प्रतिनिधिको सम्बोधन
2023-03-18 17:06:49cri
Share with:

चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशीय प्रतिनिधि वारेसजन मैमेटीले मार्च १७ संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औँ अधिवेशनमा हिंसात्मक आतङ्कवादको खतरा उजागर गर्दै भाषण दिनुभयो।

मैमेटीले १३ वर्षदेखियता, सिन्च्याङ अक्सु क्षेत्रको उशी काउन्टीको ओटबेही टाउनशिपको पुलिस स्टेशनमा कार्यरत हुनुहुन्छ। बितेका केही वर्षमा आफूले धेरै पटक हिंसात्मक आतङ्कवादी घटनाहरूको व्यवस्थापनमा भाग लिँदा हिंसात्मक आतङ्कवादी घटनाहरूले ठूलो सङ्ख्यामा निर्दोषको हताहती र ठूलो धनजनको नोक्सानी निम्त्याएको उहाँले सुनाउनुभयो। जसबाट सामाजिक स्थिरतामा ठूलो क्षति पुर्याएको साथै विभिन्न जातीय समूहका मानिसहरूलाई ठूलो पीडा दिएको साथै जीवन र विकासको अधिकारलाई गम्भीर रूपमा कुल्चिएको पनि उहाँको ठहर छ।  

सम्बोधनमा वरेजन मैमेटीले यसरी भन्नुभयो, ‘आतंकवाद मानवजातिका लागि साझा समस्या हो र आतङ्कवादीहरू हाम्रा साझा शत्रु हुन्। सिन्च्याङलमा कानुनअनुसार गरिएको आतङ्कवाद प्रतिरोध र अवैध आपराधिक आतङ्ककारीहरूमाथि गरिएको कारबाही नै जनताको जीवन र सम्पत्तिको सुरक्षा, सामाजिक स्थिरता र मानव अधिकारको रक्षा गर्ने न्यायोचित कदम हो।