हङकङको दीर्घकालीन स्थायी विकासमा हङकङका युवाको विश्वास
2023-03-18 19:58:50cri
Share with:

चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रका युवा तथा चीन संयुक्त राष्ट्रसंघ परिषद्का निर्देशक याङ चङलोङले मार्च १७ तारिख संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२औँ अधिवेशनलाई सम्बोधन गर्दै हङकङको दीर्घकालीन स्थिर विकासप्रति पूर्ण विश्वास व्यक्त गर्नुभएको छ।

यसबारे चर्चा गर्दै याङले भन्नुभयो, ‘हङकङ एक अद्वितीय र जीवन्त शहर हो र "एक देश दुई व्यवस्था" नीतिबाट हङकङलाई उच्चस्तरीय स्वयत्तता दिइएको छ। चीनको एक भागको रूपमा, हङकङले पनि पूर्व र पश्चिमबीचको पूलको भूमिका निर्वाह गर्ने गर्दछ।’

हङकङको स्थिरता र सुरक्षाको सम्बन्धमा याङले हङकङ राष्ट्रिय सुरक्षा कानूनको कार्यान्वयनबाट हङकङको स्थिरता र सुरक्षा सुनिश्चित गरिएको बताउनुभयो। हङकङको आर्थिक विकासका लागि पोषिलो भूमि प्रदान गरिएको छ। हङकङको राष्ट्रिय सुरक्षा कानुनका कारण धेरै विदेशी कम्पनीले हङकङ छोडेको भन्ने हल्ला सत्य नभएको पनि उहाँले बताउनुभयो।

उहाँले अगाडि भन्नुभयोः 'सत्य कुरा के हो भने हङकङ अझै पनि जीवन्त रूपमा विकसित भइरहेको छ। यहाँ, युवाहरू स्वतन्त्र रूपमा आफ्नो सपना पूरा गरिरहेका छन्। हङकङ, क्वाङतुङ-हङकङ-मकाउ खाडी क्षेत्रको प्रवेशद्वार हो जुन विश्वको सबैभन्दा तीव्र गतिमा अर्थतन्त्र विकसित भइरहेको क्षेत्रहरूमध्येको एक हो।