"नोर्ड स्ट्रिम" मा बमबारीको अभिशापः सेमोर हर्श
2023-03-19 16:22:36cri
Share with:

गत फेब्रुअरीमा अमेरिकाले "नोर्ड स्ट्रिम" पाइपलाइनलाई उडाउने योजना बनाएको कुरालाई खुलासा गरेका अमेरिकी पत्रकार सेमोर हर्शले हालै अर्को लेख प्रकाशित गरेका छन्। उनको लेखमा "नोर्ड स्ट्रिम" मा बमबारीको पछाडिको अभिशाप अमेरिकाले आफ्नो इच्छा अरूमाथि जबरजस्ती लादेको कुरा औंल्याइएको छ।

उक्त लेखमा पत्रकार हर्शले यसरी भनेका छन्, 'दशकौंदेखियता, थुप्रै अमेरिकी सरकारले प्रतिबन्ध, नाकाबन्दी लगायत दबाबका माध्यममार्फत् रुसले युरोपमा पठाएको ऊर्जा आपूर्तिमा अवरोध पुर्याइरहेका छन्। सन्२०१४मा तत्कालीन अमेरिकी उप-राष्ट्रपति जोन बाइडेनले अमेरिकी नियमको पालना गर्नुपर्ने भन्दै रुसलाई चेतावनी दिएका थिए जसको ८ वर्षपछि ‘नोर्ड स्ट्रिम’ पाइपलाइनमा बमबारीको बीउ रोपिएको छ। राष्ट्रपति बनेपछि बाइडेनले आफ्ना युरोपेली संगातीहरूको हितका बाबजुद, गत वर्ष नोर्ड स्ट्रिम पाइपलाइन ध्वस्त पार्ने योजनालाई अनुमोदन गरे। यसो भएतापनि बाइडेन र उनको टिमले आफूले गरेको कामलाई कहिल्यै पनि स्वीकार गर्दैनन्।