मोहम्मद बिन अब्दुलरहमान अल थानी कतारको प्रधानमन्त्री तथा विदेशमन्त्रीमा नियुक्त भएकामा मार्च १७ मा चीनका प्रधानमन्त्री ली छ्याङले बधाई सन्देश पठाउनुभएको छ।
सन्देशमा लीले यसरी उल्लेख गर्नुभएको छ, ‘चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र कतारका राष्ट्रनायक अमिर तमिमको रणनीतिक मार्गदर्शनमा बितेका वर्षहरूमा चीन–कतार सम्बन्धमा ठूलो प्रगति हासिल भएको छ। गत वर्षको डिसेम्बरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रथम चीन–अरब राष्ट्र शिखर सम्मेलनमा अमिर तमिमसँग सफलतापूर्वक भेटवार्ता गरी अर्को चरणमा चीन–कतार सम्बन्धको विकास सम्बन्धि नयाँ महत्वपूर्ण सहमति हासिल गर्नुभयो। चीन सरकारले चीन–कतार सम्बन्धको विकासमा निकै ठूलो महत्व दिँदै दुई देशका राष्ट्रनायकहरू बीच सम्पन्न महत्वपूर्ण सहमतिको कार्यान्वयन गर्न र चीन–कतार रणनीतिक साझेदारी सम्बन्धमा नयाँ प्रगति हासिल गर्ने अपेक्षा लिएको छ।’