"आधुनिकीकरण बाटोको अन्वेषण र संयुक्त भाग्य समुदायको निर्माण" विषयक मञ्च पाकिस्तानमा आयोजित
2023-03-19 16:29:01cri
Share with:

हालै चाइना मिडिया ग्रूपको एशिया र अफ्रिका क्षेत्रीय भाषा कार्यक्रम केन्द्र"को संयोजनमा आधुनिकीकरण बाटोको अन्वेषण र चीन-पाकिस्तान संयुक्त भाग्य समुदायको निर्माण" विषयक मञ्च पाकिस्तानको राजधानी इस्लामावादमा आयोजित भएको छ। सो कार्यक्रममा पाकिस्तानी राजनीतिज्ञहरू, विशेषज्ञहरू र विद्वानहरू, मूल मिडियाका जिम्मेवार व्यक्तिहरू र उत्कृष्ट युवा प्रतिनिधिहरूले भाग लिएका छन्। मञ्चमा सहभागीहरूले चिनियाँ शैलीको आधुनिकीकरणले पाकिस्तानमा ल्याएको अवसर र चीन-पाकिस्तान आर्थिक करिडोरको उच्च गुणस्तरिय निर्माणलाई कसरी अघि बढाउने विषयहरूबारे गहन रूपमा वैचारिक आदानप्रदान गरेका छन्।

मञ्चमा पाकिस्तानका प्रधानमन्त्रीको विशेष सहायक तथा गृहमन्त्री रुमिना आलेमले सम्बोधन गर्दै भन्नुभयो, ‘विगत १० वर्षमा चीनको अर्थतन्त्र र समाज उच्च गुणस्तरिय र स्वस्थ रूपमा विकसित भएको छ। साथै जनताको जीवन सुखी र स्वस्थ रहेको छ। चिनियाँ शैलीको आधुनिकीकरणले विश्वमा जीवन्त शक्ति थपेको छ। चीन–पाकिस्तान आर्थिक करिडोरले दुई देशका जनतालाई घनिष्ट पारेको छ र भविष्यमा दुई देशबीचको मैत्रीपूर्ण सहयोगलाई अझ व्यापक क्षेत्रमा विस्तार गर्ने विश्वास गरिएको छ।’

पाकिस्तान नेशनल टेलिभिजन लगायत २० भन्दा बढी पाकिस्तानी मिडियाहरूले सो मञ्चको रिपोर्टिङ गरेका छन्।