कम्बोडियाका विद्यार्थी हाई सु सिनको चीन बसाइको कथा-१
2023-03-20 09:16:44cri
Share with:

चीनमा अध्ययनरत् विद्यार्थी हाई सु सिनको जन्म कम्बोडियाको राजधानी नोम पेन्हमा भएको थियो। आफ्नो सपना पूरा गर्ने मुलुक चीन हो र चीनमा पढ्न पाएको कुरा आफ्नो जीवनमा गरेको सबैभन्दा राम्रो छनौट भएको उनले बताए।

 

चालू वर्ष २५ वर्षीय हाई सु सिन अहिले पैचिङ रासायनिक उद्योग विश्वविद्यालयको लेखापाल विषय पढ्दै छन्। चीन आएको कारणबारे चर्चा गर्दै उनले भने,

चीनमा पढ्न पाएको कुरा आफ्नो जीवनमा गरेको सबैभन्दा राम्रो छनौट हो भन्ने मलाई लाग्छ। तीव्र विकास भइरहेको चीन यहाँ अध्ययनरत् विदेशी विद्यार्थीहरुको सपना पूरा गर्ने मुलुक हो।

 

हाई सु सिन र चीन बीचको सम्बन्ध सन् २०१९ देखि शुरु भएको थियो। त्यस वर्षमा नोम पेन्हमा जन्मेका हाई सु सिनले धेरै वर्षसम्म बसेको यस शहरमा ठूलो परिवर्तन भएको अनुभव गरेका थिए। यस परिवर्तनबाट उनले चिनियाँ भाषा सिक्न थालेका थिए।

कक्षा ९ पूरा गरेपछि कम्बोडियामा चिनियाँ कम्पनीहरु बढ्दै आएको मैले देखें। त्यसैले चिनियाँ भाषा जान्ने योग्य व्यक्तिहरुप्रति ठूलो माग हुने मैले विचार गरें। त्यसपछि मैले हाई नानमा चिनियाँ भाषा सिक्न निवेदन पेश गरें। मेरा आफन्तहरुले यस निर्णयको समर्थन गरे। चीन विश्वका ठूला मुलुकहरुमध्येको एक हुनुका साथै विश्वमा सबैभन्दा सुरक्षित मुलुक भएकोले उहाँहरु ढुक्क हुनुभयो।

 

त्यसपछि हाई सु सिनले हाई नान विदेशी भाषा क्याम्पसमा भाषा अध्ययन गर्न थालेका थिए। उनले छिटै यहाँको जीवनसँग अभ्यस्त भएर धेरै उत्साहजनक र इमान्दार चिनियाँ साथीहरु बनाए। हाई नानमा उनी आफ्ना सहपाठीहरुसँग रकेट प्रक्षेपणको प्रत्यक्षदर्शी पनि हुन पाए। त्यस बेला उनी चिनियाँहरु जस्तै गदगद भएका थिए।

एक राति सो रकेटको प्रक्षेपण गरिएको हो। धेरै मानिसहरु समुद्री किनारामा पर्खिरहेका थिए। रकेट प्रक्षेपण गर्दा सबैले कराउँदै गर्दा भुइँ पनि कम्पायमान जस्तै भएको थियो। म पनि धेरै गदगद भएँ।

 

एक वर्षको पढाईपछि हाई सु सिन सफलताका साथ चिनियाँ भाषास्तर अर्थात् एच एस केको पाँचौं स्तरको परीक्षामा सफलताका साथ पार भएका थिए। त्यसपछि उनले कम्बोडिया फर्केर “बेल्ट एण्ड रोड”को एउटा परियोजना-चीन कम्बोडिया सिहानौक भिल्ले बन्दरगाह आर्थिक विशेष क्षेत्रमा काम गरे। यस क्षेत्रमा काम गरेको दुई वर्षको अवधिमा उनले स्थानीय बासिन्दाहरुको जीवनमा वास्तविक सुधार भएको देखे।

कठिन अवस्थामा पर्दा चिनियाँहरुले हामीलाई समयमै सहायता पुर्‍याएका थिए। विपन्न अवस्थामा रहेका केही परिवारहरुलाई विशेष आर्थिक क्षेत्रमा वृक्षारोपण कार्यमा मिलाएको अथवा उनीहरुलाई व्यापार गर्ने प्रमाण पत्र दिइएको थियो। त्यसका अतिरिक्त, चिनियाँहरुले सुक्खा खडेरी तथा बाढीबाट प्रभावित वासिन्दाहरुलाई चामल र खाने पानी दिएका थिए। सिहानौक भिल्ले बन्दरगाह आर्थिक विशेष क्षेत्रले वरिपरिका ग्रामीण क्षेत्रका सर्वसाधारणको आय बढाएको थियो। किसानहरुको परिवारले पनि अरु बढी सुखको अनुभव गरेको थियो।