सी चिनफिङद्वारा मस्कोस्थित भानुकोभो विमानस्थलमा सम्बोधन
2023-03-20 19:11:54cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ मार्च २० तारिख रूसको राजधानी मस्को पुग्नुभएको छ। उहाँले भानुकोभो विमानस्थलमा सम्बोधन पनि गर्नुभयो।

 

सो सम्बोधनमा चीन र रूस यी दुवै विश्वका मुख्य मुलुकहरू अन्तर्राष्ट्रिय मामिलामा महत्त्वपूर्ण भूमिका खेलिरहेका साथै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदका स्थायी सदस्य पनि भएको राष्ट्राध्यक्ष सी चिनफिङले बताउनुभयो। हाल उथलपुथल र परिवर्तनशील विश्वको सामना गर्दै अन्तर्राष्ट्रिय प्रणाली र व्यवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरूको दृढताका साथ सुरक्षा गर्न साथै विश्वव्यापी शासनको विकासलाई अझ न्यायपूर्ण र उचित दिशामा प्रवर्द्धन गर्न रूससँग मिलेर सहकार्य गर्न चीन इच्छुक रहेको कुरा उहाँले व्यक्त गर्नुभयो।