लगानी बोर्डका सूचीकृत आयोजनामा प्रधानमन्त्रीको चासो
2023-03-20 16:41:56cri
Share with:

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी बोर्डमा सूचीकृत आयोजनामा चासो देखाउनु भएको छ। प्रधानमन्त्री दाहालले लगानी बोर्डबाट सहजीकरण भइरहेका सार्वजनिक निजी साझेदारी तथा निजी लगानीका परियोजनाको प्रगति तथा सम्पादित कार्यहरूको सम्बन्धमा जानकारी लिएको बोर्डले जनाएको कारोबार अनलाइनले लेखेको छ।

बोर्डका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री दाहालले परियोजनाका विकासकर्तासँग भेटघाट र अन्तक्रिया समेत गर्नु भएको छ। सो क्रममा नेपालका विभिन्न ठूला आयोजनामा लगानी गर्ने ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्ड जोडिएका आयोजना निर्माण, आगामी कार्यदिशा र समस्याको विषयमा छलफल भएको बोर्डका कार्यकारी अधिकृत सुशिल भट्टले बताउनुभयो।

उहाँले लगानी बोर्डसँग विभिन्न निर्माण चरण भएका परियोजना र करिव ३ खर्ब रुपैयाँ बराबरका आयोजनाका विकास कर्ताका प्रतिनिधि र अध्यनन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिसँग छलफल गरेको जानकारी दिनुभयो। बोर्डले स्वीकृतको लागि पाइपलाइनमा रहेका ठूला जलविद्युत आयोजना नतिजामुखी कार्यान्यन ढाँचामा आवद्ध भइसकेको भट्टको भनाइ छ।

९०० मेगावट क्षमताको अरुण ३,६७० मेगावाट क्षमताको तल्लो अरुण, ३७० मेगावटको अधजलाशययुक्त अपर मस्र्याङ्दी र अन्य औधोगिक पूर्वाधारहरु आयोजनाहरु पाइपलाइनमा रहेको भन्दै उहाँले यी आयोजनालाई बोर्डले प्राथमिकता दिएर नतिजा उन्मुख काम गर्ने बताउनुभयो। प्रधानमन्त्री दाहालले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने बताउनुभयो।