चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङद्बारा रुसी मिडियामा हस्ताक्षरित लेख प्रकाशित
2023-03-20 09:54:23cri
Share with:

मार्च २० तारिख रुसको राजकीय भ्रमणको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले रुसी मिडिया“रुसी राजपत्र” र“रूसी समाचार एजेन्सीको वेबसाइट” मा "चीन-रुस मैत्री सहयोग र साझा विकासको नयाँ अध्याय खोल्दै" शीर्षकको लेख प्रकाशित गर्नुभएको छ।

 

उहाँको लेखमा उल्लेख गरिएको छ:

चीन र रुस एकअर्काका सबैभन्दा ठूला छिमेकी र समन्वयका बृहत् रणनीतिक साझेदारहरू हुन्, दुवै देशले स्वतन्त्र परराष्ट्र नीतिहरू अपनाउने र चीन-रूस सम्बन्धलाई आफ्नो कूटनीतिक प्राथमिकतामा राखेका छन्। विगत १० वर्षमा दुई पक्षबीच विभिन्न क्षेत्रमा भएको सहयोगले उल्लेखनीय विकास हासिल गरेको छ र उच्चस्तरीय आदानप्रदानले महत्वपूर्ण रणनीतिक अग्रणी भूमिका खेलेको छ।

दुई पक्षबीचको राजनीतिक पारस्परिक विश्वास निरन्तर सुदृढ हुँदै गएको छ, जसले प्रमुख देश सम्बन्धका लागि नयाँ प्रतिमान सिर्जना गरेको छ। दुई पक्षले चौतर्फी र बहु-स्तरीय सहयोगको ढाँचा बनाएका छन्। दुवै पक्षले पुस्तादेखि पुस्तासम्मको मित्रताको अवधारणालाई अभ्यास गर्दै आएका छन् र परम्परागत मित्रता समयसँगै बलियो हुँदै गएको छ । दुई पक्षले प्रमुख देशको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न अन्तर्राष्ट्रिय मञ्चमा सँगै मिलेर काम गरेका छन्।

मेरो आगामी रुस भ्रमण मित्रता, सहयोग र शान्तिको यात्रा हो। आगामी दिनमा चीन र रुसबीचको समन्वयको व्यापक रणनीतिक साझेदारीको विकासका लागि नयाँ दृष्टिकोण, नयाँ खाका र नयाँ उपायहरूको संयुक्त रूपमा रूपरेखा बनाउन राष्ट्रपति पुटिनसँग मिलेर काम गर्ने अपेक्षा गर्दछु।