“सी चिनफिङले मन पराउनुहुने ग्रन्थहरू”को दोस्रो सिजन अर्थात् रूसी भाषाको संस्करण रूसमा प्रसारण
2023-03-20 18:43:51cri
Share with:


 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रूसको राजकीय भ्रमण सुरू गर्नुहुने परिप्रेक्ष्यमा “सी चिनफिङले मन पराउनु हुने ग्रन्थहरू”को दोस्रो सिजन अर्थात् रूसी भाषाको संस्करणलाई औपचारिक रूपमा रूसका विभिन्न मुख्य टेलिभिजन स्टेशनमा प्रसारण गर्न थालिएको छ।

 

मार्च २० तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्योङ, अखिल रूस राष्ट्रिय टेलिभिजन रेडियो कम्पनीका गभर्नर दोब्रोजेएभले संयुक्त रूपमा कार्यक्रमको सुभारम्भ गर्नुका साथै सम्बोधन पनि गर्नुभएको छ।