चीन-रूस सम्बन्धले "आपसी घनिष्ट सही तरिका" देखाउँछ
2023-03-21 18:42:34cri
Share with:

 

मार्च २० तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानबाट मस्को पुगेर रूसको राजकीय भ्रमण सुरू गर्नुभएको छ।

मस्कोस्थित भानुकोभो आन्द्रेई टुपोलेभ अन्तर्राष्ट्रिय विमानस्थलमा सार्वजनिक सम्बोधनमा राष्ट्राध्यक्ष सी चिनफिङले द्विपक्षीय सम्बन्ध र साझा सरोकारका प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याहरूबारे साथै नयाँ युगमा चीन-रूस रणनीतिक समन्वय र व्यावहारिक सहकार्यको योजनाहरू तयार गर्ने बिषयमा राष्ट्रपति पुटिनसँग गहिरो वैचारिक आदान-प्रदान गर्नसक्ने आशा व्यक्त गर्नुभयो। त्यसअघि सी चिनफिङले रूसी सञ्चारमाध्यममा हस्ताक्षरित लेख प्रकाशित गर्दै अन्तर्राष्ट्रिय परिस्थितिको उतारचढावको परीक्षामा दुई देशबीचको सम्बन्धको मुख्य साँचो "एक अर्कासँग सही तरिका" खोजेको कुरा बताउनुभयो। उहाँले आउने चरणमा चीन-रूस सम्बन्धको व्यापक विकासका लागि सकारात्मक अपेक्षा पनि व्यक्त गर्नु भएको छ।


सी चिनफिङ चीनका राष्ट्राध्यक्षमा पुनः निर्वाचित भएपछि यो पहिलो राजकीय विदेश भ्रमण हो। नयाँ युगमा चीन र रूसबीचको सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धलाई चीनले उच्च महत्त्व दिएको देखिन्छ। चीन-रूस सम्बन्ध अझ परिपक्व र दृढ हुनेछ जसले विश्वको सुरक्षा र स्थिरता कायम राख्नका लागि अनुकूल छ। साथै दुई देशका जनता मात्र नभई विश्वको विकास र प्रगतिमा ठूलो योगदान दिनसक्ने ‍मानिन्छ।