चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता
2023-03-21 10:04:34cri
Share with:

स्थानीय समय अनुसार मार्च २० तारिख दिउँसो, मस्को पुग्नुभएका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले क्रेमलिन दरबारमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको छ। रूसी राष्ट्रपति पुटिनले हार्दिकतापूर्वक राष्ट्राध्यक्ष सी चिनफिङसँग हात मिलाएर सँगसँगै फोटो खिच्नुभएको छ। दुई मुलुकका राष्ट्रानायकले चीन-रूस सम्बन्ध र साझा अभिरूचीका समस्याबारे गहिरो रूपमा आदानप्रदान गर्नुभएको छ।

राष्ट्रपति पुटिनको निमन्त्रणामा फेरि पनि रूसको राजकीय भ्रमण गरेकोमा खुशी लागेको राष्ट्राध्यक्ष सीले बताउनुभयो। दश वर्ष अगाडि चीनको राष्ट्राध्यक्ष पद सम्हालेदेखि पहिलो विदेश भ्रमणका रुपमा रूसमा आएको कुरा हालसम्म पनि स्पष्ट सम्झिरहेको उहाँले व्यक्त गर्नुभयो। चीन र रूस आपसमा सबभन्दा ठूला छिमेकी भन्दै सीले सम्पूर्ण रणनैतिक साझेदारीको रूपमा चीन-रूस सम्बन्ध आफ्नो कूटनीतिक र वैदेशिक नीतिको प्राथमिक स्थानमा रहेको उल्लेख गर्नुभयो। राष्ट्राध्यक्ष सीले जोड दिँदै दुबै पक्षले विभिन्न क्षेत्रको व्यवहारिक सहयोगलाई गहन पारी बेग्ला बेग्लै रूपमा राष्ट्रिय विकास र पुनःउत्थानका साथ विश्व शान्ति र स्थिरताको स्तम्भ बन्नुपर्ने बताउनुभयो।

रूसी राष्ट्रपति पुटिनले राष्ट्राध्यक्ष सीको हार्दिक स्वागत गर्दै पुनः चीनको राष्ट्राध्यक्ष निर्वाचित भएकोमा बधाई दिनुभयो। विगत दश वर्षमा राष्ट्राध्यक्ष सीको विशिष्ट नेतृत्वमा चीनका विभिन्न क्षेत्रका विकास उपलब्धीमूलक रहेर यसबाट चीनको राष्ट्रिय व्यवस्था र शासन प्रणालीको श्रेष्ठता प्रमाणित भएको राष्ट्रपति पुटिनले बताउनुभयो। रूसले चीनसँग मिलेर अन्तर्राष्ट्रिय मामिलामा सहयोग र आदानप्रदानलाई सबल पार्नेविश्व बहुध्रुवीकरण र अन्तर्राष्ट्रिय सम्बन्धको लोकतान्त्रीकरणमा प्रगति हासिल गर्ने इच्छा लिएको बताउनुभयो।

दुवै पक्षले युक्रेन मामिलामा पनि गहिरो रूपमा वैचारिक आदानप्रदान गर्नुभएको छ।