सीएमजी तथा अखिल रूस राष्ट्रिय टेलिभिजन रेडियो कम्पनीबीच ऐतिहासिक भिडियो सामग्रीको विकास सम्झौता
2023-03-21 18:47:51cri
Share with:

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको रूसी राजकीय भ्रमण अवधिमा चाइना मिडिया ग्रुपले मार्च २१ तारिख मस्कोमा अखिल रूस राष्ट्रिय टेलिभिजन रेडियो कम्पनीसँग सहकार्य सम्झौतामा हस्ताक्षर गरेको छ।

 

उक्त सम्झौता बमोजिम दुवै पक्षले गहन रूपमा दुवै देशका राष्ट्रनायक बीच सम्पन्न मतैक्यलाई व्यवहारमा उतार्नुका साथै बहुपक्षीय, बहुस्तरीय र विभिन्न क्षेत्रमा रहेका आपसी सहयोगलाई अघि बढाउनेछन्। साथै दुवै पक्षले संयुक्त रूपमा ऐतिहासिक भिडियो सामग्रीको विकास र प्रयोग गर्ने पनि सहमति जनाएका छन्।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङ र अखिल रूस राष्ट्रिय टेलिभिजन रेडियो कम्पनीका गभर्नर दोब्लोजेएभले उक्त सम्झौतामा हस्ताक्षर गर्दै सम्बोधन पनि गर्नुभएको छ।