“अमेरिकी ढाँचाको प्रजातन्त्र”बाट ध्वस्त बनाइएको मुलुक इराक मात्र होइन
2023-03-21 16:55:58cri
Share with:

 

बीस वर्षअघिको मार्च २० तारिख अमेरिकाले तथाकथित “इराकमा ठूलो परिधिको आम विनाशकारी हतियार रहेको” निहुँ खोजेर पश्चिमा संगातीसँगै मिलेर इराकमाथि आक्रमण गरेकाले २ लाखभन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै ९० लाखभन्दा बढी जनता घर बिहीन भएका थिए। त्यसलाई “अमेरिकी ढाँचाको प्रजातन्त्र”को स्पष्ट प्रतिबिम्ब मानिन्छ। मार्च २० तारिख चीनको परराष्ट्र मन्त्रालयले “सन् २०२२ अमेरिकी प्रजातन्त्र अवस्था” शीर्षकमा एउटा प्रतिवेदन जारी गर्दै अमेरिकाभित्र डामाडोल प्रजातान्त्रिक अवस्था र पूरै विश्वमा अमेरिकाले प्रजातन्त्रको नाउँमा मच्चाएका भिडन्त र प्रकोपलाई भण्डाफोर गर्दै विश्वसमक्ष “अमेरिकी ढाँचाको प्रजातन्त्र”को साँचो रूपलाई अझ स्पष्टसँग देखाएको छ।


संयुक्त राष्ट्र संघका महासचिव आन्दोनिओ गुटेरेसले सन् २०२३ जुनसुकै बेलाभन्दा पनि हामीलाई शान्ति चाहिन्छ भन्ने कुरा औँल्याउनुभएको छ। उहाँका अनुसार, विश्व शान्तिलाई साकार तुल्याउने पूर्वाधार नै अमेरिकाले प्रजातन्त्रको नाउँमा अरू देशको आन्तरिक मामिलामा गर्ने हस्तक्षेपलाई बन्द गर्नुपर्छ।

इराक युद्ध बितेको २० वर्षको उपलक्ष्यमा अमेरिकी राजनीतिज्ञहरूले गहन रूपमा के स्वविचार गर्नुपर्छ भने प्रजातन्त्रको निहुँ खोजेर चारैतिर कुकर्म र खराब गतिबिधि चलाउन रोक्नुपर्छ।