यदि अमेरिकाको वैकल्पिक पहिचानमा तथाकथित “लोकतान्त्रिक शिखर सम्मेलन”
2023-03-21 09:54:19CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयले २० तारिख “सन् २०२२ अमेरिक लोकतान्त्रिक अवस्था” प्रतिवेदन जारी गरेको छ जसले तथ्य सूचिवद्ध गर्ने र मिडिया विशेषज्ञको विचारको धारमा गत १ वर्षमा अमेरिकी लोकतन्त्रको वास्तविक प्रदर्शन जानकारी गराएर अमेरिकाको लोकतान्त्रिक अराजकता विश्वव्यापी फैलिएको प्रकोप झैँ देखिएको छ यसरी नै विश्वला अमेरिकी लोकतन्त्रको वास्तविक अनुहार स्पष्ट रूपमा बुझ्न सकिन्छ।

 

प्रतिवेदनका अनुसार, सन् २०२२ मा अमेरिका लोकतन्त्रका नाउँमा विकृति, राजनीतिक असक्षमता, सामाजिक असमानताको दुष्ट्याइँमा संलग्न भएको थियो। पैसाको राजनीति, पहिचानको राजनीति, सामाजिक दरार, धनी र गरिबको विभाजन लगायतका समस्या झनै गम्भीर देखिएका छन्।

 

वाशिङ्टन पोष्ट र मालिलान विश्वविद्यालयबाट गठित संयुक्त अनुसन्धानका अनुसार, लोकतन्त्रबारे अमेरिकीहरूको गरव अनुभव ह्वात्तै घटेको छ भने सन् २००२ को ९० प्रतिशतदेखि सन् २०२२ को ५४ प्रतिशतसम्म झरेको छ। क्विनिपियाक विश्वविद्यालयको सर्वेक्षण अनुसार, ६७ प्रतिशत मतदाताको विचारमा अमेरिकी लोकतान्त्रिक प्रणाली पतनको जोखिममा रहेको छ भने ४८ प्रतिशत मतदाताको विचारमा अमेरिकामा कांग्रेस दंगा जस्ता गतिविधि फेरि हुनसक्ने संभावना छ। पियु अनुसन्धान केन्द्रको जनमतका अनुसार, ६५ प्रतिशत अमेरिकीको विचारमा अमेरिकाको लोकतन्त्रमा ठूलो सुधार चाहिएको छ भने ५७ प्रतिशत मतदाताको विचारमा अमेरिका अब लोकतन्त्रको नमूना रहेन।

 

तापनि अमेरिकाले फूसमक्ष देखिएका विभिन्न समस्या र प्रणाली संकटला बेवास्ता गरी अमेरिकी लोकतन्त्र अझै विश्वको नमूना भएको विचार दृढताका साथ लिइरहेको छ। यसबाट अमेरिकी लोकतन्त्र समस्याको समाधान गर्न मद्दत पुग्न सकेन साथै विश्वलाई अरू दुःख पुर्याइरहनेछ।

 

सन् २०२१ को अन्तमा अमेरिकाले लोकतन्त्रको झण्डा उचाल्दै तथाकथित “नेतागणको लोकतान्त्रिक शिखर सम्मेलन”को योजना गरी विश्वमा विभाजनको बीउ रोपेको थियो त्यसबाट अमेरिकाको “नक्कली लोकतन्त्र, सच्चा प्रभूत्ववाद”को तथ्य पूर्ण रूपमा प्रदर्शन गरिएको छ र धेरै मुलुकबाट लोचना र विरोध गरिएको छ। हाल अमेरिकाले फेरि एक पटक त्यो सम्मेलनको योजना गर्ने तयारी गरेको छ। अमेरिकाले वैकल्पिक पहिचानमा सम्मेलनमा संलग्न भएर विश्वका विभिन्न मुलुकको वस्तुगत मूल्याङ्कन र अनुकूलन सुझावको विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ। यसो भए मात्र विश्वको लागि यस्ता शिखर सम्मेलन लोकप्रिय र प्रभावकारी हुनेछन्।