हानी जातीय कृषि सँस्कृति चीन र विश्वमा प्रसारण- राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनकी सदस्य याङ युनि
2023-03-21 09:18:50cri
Share with:

होङ ह हानी टेरेस दुवै विश्व साँस्कृतिक सम्पदा र विश्वव्यापी महत्वपूर्ण कृषि सम्पदामा सूचिकृत भएको छ। यो चीनमा ज्यादै दुर्गम छ। होङ ह हानी टेरेस विशेष दृश्य, लामो इतिहास र राम्ररी कायम गरिएको परम्परागत कृषि प्रणालीका लागि विश्वव्यापी रूपमा प्रसिद्ध छ। होङ ह नदीको किनारमा जन्मिएकी हानी जातीय याङ यु नीले टेरेसको संरक्षणमाथि ध्यान दिंदैआउनुभएको छ।

 

याङ यु नी चिनियाँ राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनकी सदस्य हुनुहुन्छ। साथै उहाँ दक्षिण-पश्चिमी चीनको युननान प्रान्तीय होङ ह हानी जाति तथा यी जाति स्वायत्त प्रिफेक्चर होङ ह जिल्ला अवस्थित एउटा कला उतराधिकार केन्द्रका प्रमुख पनि हुनुहुन्छ। 

 

चालू वर्ष दुईटा अधिवेशनमा उहाँले हानी जातीय कृषि तथा खेत सँस्कृतिको अनुसन्धान गरेर कृषि विश्व सम्पदाको विकास, सुरक्षा, प्रयोग र उतराधिकारका लागि चिनियाँ अनुभव दिने प्रस्ताव प्रस्तुत गर्नुभयो।

 

उहाँले भन्नुभयो-

“हामीले राष्ट्राध्यक्ष सी चिनफिङको भनाई याद गरेर उहाँको पर्यावरणीय सभ्यता विचारको कार्यान्वयन गर्दा पर्यावरण पहिलो र हरित विकास हुने मार्गमा हिड्नुपर्छ, जसले हानी जातिले युगौंयुगमा सुरक्षण गर्ने स्वच्छ पानी र हरियो पहाडलाई सुखमय भर बनाउनेछ।”

 

अर्थतन्त्र तथा समाजको विकास र सर्वसाधारणको विचारको परिवर्तन हुनुका साथै हानी टेरेसको संरक्षण र दिगो विकासका सामु धेरै कठिनाइ देखापरेको छ। याङ युनीले जानकारी दिनुभयो-

“पहिलो टेरेसमा धान रोप्ने परम्परागत तरिका कायम राखेको छ। खेतीको नाफा कम छ। टेरेसको संरक्षण, निर्माण तथा व्यवस्थाप्रणाली पूरा होइन। सर्वसाधारणले टेरेसको संरक्षण गर्ने सक्रियता पुग्दैन। दोस्रो, शहरीकरण भएको र युवाहरू बाहिर काम गर्न गएका हुनाले टेरेससम्बन्धी श्रेष्ठ परम्परागत सँस्कृति र रोप्ने प्रविधिको संरक्षण तथा उत्तराधिकारमा धेरै समस्या देखा परेको छ। साथै हानी टेरेससम्बन्धी अनुसन्धान पनि कमजोर छ।”

 

उहाँको विचारमा हानी टेरेसको समस्या चिनियाँ कृषि साँस्कृतिक सम्पदामा रहेका समस्याहरूको एउटा छोटकरी नमूना हो।

 

याङ युनीले टेरेसको संरक्षण गर्न बच्चालाई नाचगान सिकाउने तरिकामार्फत् अघि बढ्ने विचार गर्नुभयो। उहाँले लोक गीतलगायत सँस्कृति सिकेर सँस्कृति तथा कलाको उत्तराधिकार केन्द्रको स्थापना गरेर जातीय नाचगान सिकाउनु हुन्छ। त्यसबाहेक उहाँले धेरै स्थानीय स्कूलमा नियमित निःशुल्क तालिम दिनुभएको छ। हालसम्म याङ युनी र उहाँका साथीहरूले तालिम दिएका अल्पसंख्यक विद्यार्थीको संख्या जम्मा ३००० भन्दा बढी पुगेको छ। 

 

हानी जातीय कृषि सँस्कृति चीन र विश्वमा प्रसारण गर्ने आशा याङ युनीले व्यक्त गर्नुभएको छ।