कोरियाली प्रायद्वीप मामिलामा अमेरिकाले दोहोरो मापदण्ड अपनाएकोमा चीनको आलोचना
2023-03-21 10:58:33cri
Share with:

स्थानिय समय अनुसार २० तारिख, सयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले कोरियाली प्रायद्वीप सम्बन्धित समस्याबारे अस्थायी सम्मेलन आयोजना गरेको छ। कोरियाली प्रायद्वीप मामिलामा अमेरिकाले दोहोरो मापदण्ड अपनाएको भन्दै चीनले आलोचना गरेको छ।

 

संयुक्त राष्ट्रसंघका लागि चीनका उप-स्थायी प्रतिनिधि कङ् श्वाङले उत्तर कोरियालाई वार्ता पुनः सुरु गर्न र स्थितिलाई सहज बनाउने अवस्था सिर्जना गर्न सुरक्षा परिषद्का सदस्यहरूले सकारात्मक संकेतहरू पठाउनुपर्ने बताउनुभयो।

 

अष्ट्रेलियामा हतियार बनाउने आणविक सामग्री हस्तान्तरण गर्दा उत्तर कोरियालाई प्रतिबन्ध लगाएर परमाणु अप्रसारको मुद्दामा अमेरिकाले स्पष्ट रूपमा दोहोरो मापदण्ड अपनाएको भन्दै कङ शुआङले आलोचना गर्नुभयो।