सिएमजीद्वारा रुसी अखबारसँग सहकार्यपत्रमा हस्ताक्षर
2023-03-22 10:19:53cri
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको रुसको राजकीय भ्रमणको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री एवम् सिएमजीका निर्देशक शन हाइ स्योङ र रूसी अखबारका निर्देशक पावेल नेगोइट्साले "सिएमजी र रूसी अखवारबीच सहयोग समझदारी" मा हस्ताक्षर गर्नुभयो।

 

चिनियाँ र रुसी सञ्चारमाध्यमहरूबीचको आदानप्रदान र सहयोगलाई थप सुदृढ पार्न सिएमजी र रुसी अखबारले समाचार आदानप्रदान, कर्मचारी तालिम, प्राविधिक आदानप्रदान आदिमा व्यापक सहयोग गर्न सरल सहयोग संयन्त्र स्थापना गर्ने सहमति गरेका छन्।

 

हस्ताक्षर समारोहमा, पावेल नेगोइट्साले रुसी अखबारको तर्फबाट सिएमजी स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई दिनुभयो र सिएमजीलाई दुवै पक्षद्वारा संयुक्त रूपमा आयोजित रूसी भाषाको पत्रिका "चिनियाँ शैली" को दशौँ वार्षिकोत्सवको स्मरणात्मक अंक प्रदान गर्नुभयो।