स्यु फू जापानका जानुको रहस्य-2
2023-03-22 10:25:09cri
Share with:

उहाँहरुको जहाज च बु टापू नजिक पुग्दा उहाँहरुले यौटा बडेमाको माछो भेट्नुभयो र प्रथम सम्राटले त्यस माछालाई मार्नुभयो। यसैले उहाँहरुले देव-पर्वत पुग्नका लागि केही गतिरोध नहुने ठहर गर्नुभयो। तर देव-पर्वत, देव-औषधी अझै पनि भेट्टाइएको थिएन। तसर्थ स्यू फूले फेरि प्रथम सम्राटसँग भेट्ने आँट गर्नुभएन। उहाँ तीन हजार केटा-केटी र केही कालीगडहरु लिएर जापानतिर जानुभयो। जापानमा स्यू फू र उहाँसँग गएका केटा-केटीहरु प्रसन्न भएर बस्नुभयो। अन्तमा जापानको फू जि पहाडी क्षेत्रमा स्यू फूको देहावशान भयो ।


जापानमा स्यू फू सम्बन्धी अनुश्रुति र विवरण धेरै छन। केही विद्बानहरुले त स्यू फू जापानको इतिहासका प्रख्यात व्यक्तित्व शनु वु सम्राट नै हुनुभएको ठहर व्यक्त गर्नुभएको छ। जापानी जनता पनि स्यु फूलाई आफ्ना पवित्र पूर्खाका रुपमा आदर र पूजा गर्नेगर्दछन् उहाँलाई कृषि र औषधीको व्यवस्थापन गर्ने देवताका रुपमा सम्मान गर्दछन। जापानमा अहिलेसम्म पनि स्यू फूको चिहान, स्यू फूको दरबार, स्यू फू ढुंगा र स्यू फूको अवतरण सम्बन्धी स्मरण-स्तम्भ जस्ता स्यू फू सम्बन्धी धेरै पूरातात्त्विक वस्तुहरु रहेका छन। सन् 1991 मा जापानी जनताले "स्यू फूको बाटो"नामक पार्कको निर्माण गरेका छन। हरेक वर्षको शरद ऋतुमा जापानी जनता स्यु फूको पूजा गर्नेगर्दछन। उहाँको सम्झनामा हरेक पचास वर्षमा यौटा भव्य समारोहको आयोजना गर्ने चलन पनि छ।