चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा रुसको राजकीय भ्रमण सम्पन्न
2023-03-22 16:33:40cri
Share with:

स्थानीय समयअनुसार मार्च २२ को बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रुसीको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्य तथा केन्द्रीय समिति कार्यालयका प्रमुख छाइ छी, सीपीसी केन्द्रीय समितिको राजनीतिक आयोगका सदस्य तथा केन्द्रीय वैदेशिक मामिला आयोग कार्यालयका प्रमुख वाङ यी,  राज्य परिषद सदस्य तथा परराष्ट्रमन्त्री छिन काङ लगायतहरू पनि सोही विमानमा स्वदेश फर्कनुभएको छ।

 

मस्कोबाट प्रस्थान गर्दा रुसी उपप्रधानमन्त्री दमित्री चेर्नेशेन्को लगायत रूसी वरिष्ठ सरकारी अधिकारीहरूले उहाँहरूलाई विमानस्थलमा भव्य बिदाइ समारोहको आयोजना गर्नुभएको छ।