चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता
2023-03-22 09:57:56cri
Share with:

स्थानीय समय अनुसार मार्च २१ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रूस संघीय सरकार भवनमा रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन-रूस सबैभन्दा ठूला छिमेकी मुलुक भएर पनि पूर्ण रणनैतिक सहयोगात्मक साझेदारी भएकोले चीन-रूस सम्बन्धको स्वस्थ र स्थिर विकास नै दुई मुलुकका जनताको आधारभूत हितअनुकूल रहेको बताउनुभयो। चीन लगातार १३ वर्षसम्म रूसको पहिलो ठूलो व्यापारिक साझेदार भएर दुई मुलुकको श्रोत सहयोग निरन्तर गहन पारेको राष्ट्राध्यक्ष सीले बताउनुभयो। साथै मानवीय तथा स्थानीय आदानप्रदान पनि घनिष्ठ देखिएको उहाँले व्यक्त गर्नुभयो। चीनले रूससँग अझ उच्चस्तरीय, अझ गहन सहयोगको इच्छा लिएको पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

भेटवार्तामा रूसी प्रधानमन्त्री मिशुस्टिनले राष्ट्राध्यक्ष सीको राजकीय भ्रमणका लागि स्वागत गर्दै रूसले चीनको नवनिर्वाचित सरकारसँग घनिष्ठ सहयोग गरी दुई मुलुकका राष्ट्रनायकको सहमतिलाई व्यवहारमा उतार्ने, सम्पूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई सबल पार्ने अपेक्षा लिएको बताउनुभयो।