चीन र रूसका राष्ट्रनायकद्वारा संयुक्त वक्तव्यमा हस्ताक्षर, वार्तामार्फत् युक्रेन समस्याको समाधानमा जोड
2023-03-22 10:00:31cri
Share with:

स्थानीय समय अनुसार मार्च २१ तारिख दिउँसो, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मस्को क्रेमलिन दरबारमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जन गणतन्त्र चीन र संघीय रूसले नयाँ युगमा सम्पूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई गहन पार्ने संयुक्त वक्तव्यमा हस्ताक्षर गरेर सार्वजनिक गर्नुभएको छ।

उक्त वक्तव्यमा युक्रेन समस्याको बारेमा, संयुक्त राष्ट्र संघको बडापत्र र नियमको पालना गर्नुपर्ने, अन्तर्राष्ट्रिय कानूनलाई सम्मान गर्नुपर्ने दुवै पक्षले ठानेको उल्लेख छ। चीनले युक्रेन समस्यामाथि लिएको निष्पक्ष र वास्तविक अडानको रूसले सक्रिय मूल्यांकन गरेको छ। कुनै पनि मुलुकले आफ्नो सैनिक, राजनैतिक आदि हितका लागि अरू मुलुकको उचित सुरक्षित हितमा क्षति गर्नेजस्तो व्यवहारको दुवै पक्षले विरोध गरेका छन्। रूसले पुनः वार्ताको प्रयास गर्ने कुराको चीनले प्रशंसा गरेको छ। चीनले राजनैतिक र कूटनीतिक तरिकाबाट युक्रेन संकटको समाधान गर्न सक्रिय भूमिका निर्वाह गरेकोमा रूसले पनि स्वागत गरेको छ। दुवै पक्षले सबै युक्रेन परिस्थितिलाई तनावपूर्ण बनाउने र युद्ध लम्ब्याउने व्यवहारलाई रोक्न आह्वान गरेका छन्।