चिनियाँ राष्ट्राध्यक्ष सी र रुसी राष्ट्रपति पुटिनद्वारा पत्रकारसँग साक्षात्कार
2023-03-22 10:18:33cri
Share with:

स्थानीय समय अनुसार मार्च २१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको क्रेमलिनमा भेटवार्तापछि संयुक्त रूपमा पत्रकारहरूसँग साक्षात्कार गर्नुभएको छ।

विगत १० वर्षमा राष्ट्रपति पुटिनसँग घनिष्ट सम्बन्ध स्थापना गरेको भन्दै राष्ट्राध्यक्ष सीले रणनीतिक सञ्चार कायम गरेको र दुई देशबीचको रणनीतिक सहयोगलाई फलदायी नतिजाका लागि प्रवर्द्धन गरेको बताउनुभयो। राष्ट्रपति पुटिन र आफूले स्पष्ट, मैत्रीपूर्ण र फलदायी वार्ता गरेको भन्दै सीले द्विपक्षीय सम्बन्ध र साझा सरोकारका प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा गहिरो विचार आदानप्रदान गरेको र धेरै नयाँ महत्वपूर्ण सहमतिमा पुगेको औंल्याउनुभयो।

दुवै पक्षले संयुक्त राष्ट्र सघीय सुरक्षा परिषद्का स्थायी सदस्यका रूपमा चीन र रुसले संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरूलाई दृढताका साथ संरक्षण गर्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गरिरहने कुरा औंल्याएका छन्।