"चिनियाँ शैलीको आधुनिकिकरण र विश्वमा नयाँ अवसर" विषयक चीन-रूसी मिडिया राउन्ड टेबल गोष्ठी मस्कोमा आयोजित
2023-03-22 19:45:38cri
Share with:

स्थानीय समय, मार्च २२ तारिख, चाइना मिडिया ग्रुप र रसिया टुडे इन्टरनेसनल मिडिया ग्रुपको संयुक्त संयोजनमा आयोजित "चिनियाँ शैलीको आधुनिकिकरण र विश्वमा नयाँ अवसर" शीर्षकमा चीन-रूस मिडिया राउन्ड टेबल गोष्ठी मस्कोमा सम्पन्न भएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपनिर्देशक तथा चाइना मिडिया ग्रुपका निर्देशक शन हाइस्योङ, रुसी प्रमुख सञ्चारमाध्यम तथा विश्वविद्यालयका गभर्नरहरू, चीन र रुसका सरकारी अधिकारी, विज्ञ तथा विद्वान लगायतका प्रतिनिधिहरूले "आफ्नो राष्ट्रिय अवस्थासँग अनुकल आधुनिकीकरणको मार्ग" विषयमा छलफल गर्दै बैचारिक आदानप्रदान गरेका छन्। चीनले आफ्नो राष्ट्रिय  अवस्था सुहाउने आधुनिकीकरणको मार्गमा अघि बढिरहेको साथै अन्य देशको अन्वेषणका लागि पनि सफल नमूना प्रदान गरेको छ र मानव सभ्यताका लागि नयाँ बाटो पनि खोलेको सहमति गोष्ठीमा सहभागीहरूले जनाएका छन्।