चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री छिन काङले राष्ट्राध्यक्ष सी चिन फिङको रुसको राजकीय भ्रमण सम्बन्धमा जानकारी
2023-03-23 10:12:59cri
Share with:

सन् २०२३ को मार्च २० तारिखदेखि २२ तारिखसम्म चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा रुसको राजकीय भ्रमण गर्नुभएको छ। भ्रमण समापनपछि राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री छिन काङले सो भ्रमण बारेमा जानकारी गराउनुभएको छ।

 

यस राजकीय भ्रमणले स्वतन्त्र र शान्तिपूर्ण परराष्ट्र नीतिप्रति चीनको अडानलाई प्रतिबिम्बित गरेको परराष्ट्र मन्त्री छिन काङले बताउनुभयो। उहाँले यो भ्रमण अन्तर्राष्ट्रिय जनताले धेरै ध्यान दिएको र राष्ट्राध्यक्ष सी चिन फिङको रुस भ्रमणले चीनको अन्तर्राष्ट्रिय छवि “शान्ति निर्माणकर्ता”को रुपमा देखाएको र प्रमुख देशको रुपमा चीनको भूमिका र जिम्मेवारीलाई अन्तर्राष्ट्रिय समुदायले विश्वास गरेको पनि बताउनुभयो।

 

छिन काङले अन्तर्राष्ट्रिय परिस्थिति जति जटिल बन्दै जान्छ त्यतिनै चीन र रुसले सञ्चार र सहयोगलाई बलियो बनाउन आवश्यक रहेको पनि बताउनुभयो। उहाँले बढ्दो गम्भिर एकपक्षीयता र आधिपत्यको सामना गर्दै चीन र रुसले रणनीतिक समन्वयलाई सुदृढ पार्नु अझ बहुमूल्य रहेको बताउनुभयो। चीन र रुसले विश्व बहुध्रुवीकरण र अन्तर्राष्ट्रिय सम्बन्धको प्रजातन्त्रिकीकरणलाई अडिग रुपमा प्रवर्द्धन गर्नका लगि अन्तर्राष्ट्रिय निष्पक्षता र न्याय कायम राख्न आवश्यक भएको र द्बिपक्षीय सम्बन्धको दायराभन्दा बाहिरको विश्वव्यापी महत्व रहेको पनि उहाँले औँल्याउनुभयो।

 

भ्रमणका क्रममा राष्ट्राध्यक्ष सी चिन फिङ र राष्ट्रपति पुटिनबीच युक्रेनी संकटबारे स्पष्ट र गहिरो आदानप्रदान भएको पनि परराष्ट्र मन्त्री छिन काङले बताउनुभयो। वार्ताको क्रममा राष्ट्राध्यक्ष सी चिन फिङले सबै पक्षले साझा,सहयोगात्मक र दिगो सुरक्षाको अवधारणालाई समर्थन गर्दै समान,तर्कसँगत र व्यावहारिक संवाद र परामर्शमा जोड दिएमा अवश्य पनि युक्रेन संकटको उचित समाधान मिल्ने औँल्याउनुभयो।

 

परराष्ट्र मन्त्री छिन काङले राष्ट्राध्यक्ष सी चिन फिङको भ्रमण मित्रता,सहयोग र शान्तिको ऐतिहासिक यात्रा र सी चिन फिङको कूटनीतिक विचारको अर्को सफल अभ्यास भएको पनि बताउनुभयो।