सीएमजी "चिनियाँ शैलीको आधुनिकीकरण र विश्वका लागि नयाँ अवसरहरू" सम्बन्धी विशेष गोष्ठी हङकङमा सफलतापूर्वक सम्पन्न
2023-03-23 15:29:45cri
Share with:

आज मार्च २३ तारिख सीएमजी एसिया प्यासिफिक स्टेशनले हङकङ विशेष गोष्ठी र विशेष कार्यक्रम "चिनियाँ शैलीको आधुनिकीकरण र विश्वका लागि नयाँ अवसरहरू" आयोजना गरेको छ।

 

सो कार्यक्रममा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका वित्तीय सचिव छन माउ पोले भन्नुभयो,“हङकङले "एक देश, दुई प्रणाली" लाई पूर्ण रूपमा र सही रूपमा लागू गर्नुपर्दछ, उच्च गुणस्तरीय विकासको मूल कुरालाई बुझ्नुपर्छ र राष्ट्रिय विकासमा आफ्नो स्थान खोज्नुपर्छ। ”

 

राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका सदस्य ली ह्वै छिङले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप आधुनिक सहरको रूपमा हङकङले सहरी व्यवस्थापन र सामाजिक शासनमा आफ्नो सफल अनुभवको सदुपयोग गरी ग्रेटर बे एरियाको सहरी समूहको उच्च गुणस्तरीय जीवन चक्र निर्माण गर्न मद्दत गर्नुपर्ने बताउनुभयो।