नेपालका लागि चिनियाँ राजदूत छन सोङद्वारा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट
2023-03-23 15:57:11cri
Share with:

 

नेपालका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नका लागि चिनियाँ राजदूत छन सोङ बुधबार राष्ट्रपति भवन शीतलनिवास जानु भएको काठमाडौँ पाटी अनलाइनले लेखेको छ।

भेटका अवसरमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्धिपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो।

रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपतिका रुपमा दुई साता अगाडि निर्वाचित हुनु भएको हो। उहाँ राष्ट्रपतिमा निर्वाचित हुनु भएपछि चिनियाँ राजदूत छनले पहिलोपटक शिष्टाचार भेटवार्ता गर्नु भएको हो।