दोस्रो ‘प्रजातन्त्रः मावन जातिको साझा मूल्यमान्यता’अन्तर्राष्ट्रिय मञ्चको आयोजना
2023-03-23 14:24:25cri
Share with:

दोस्रो प्रजातन्त्रः मावन जातिको साझा मूल्यमान्यताअन्तर्राष्ट्रिय मञ्च हालै पैचिङमा आयोजना गरिएको छ। १०० भन्दा बढी मुलुक र क्षेत्रका ३०० बढी अतिथिहरूले वेबसाइट तथा प्रत्यक्ष रूपमा भाग लिएका छन्।

विभिन्न मुलुकका पूर्व राजनीतिज्ञ, अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि तथा विद्वानहरूले प्रजातन्त्र र विश्व सुशासन’ ‘प्रजातन्त्र र सभ्यताको विविधताप्रजातन्त्र र आधुनिकिकरण बाटोआदि विषयबारे छलफल गरेका छन्।

मञ्चमा भाग लिएका अतिथिहरूका अनुसार, प्रजातन्त्र सारा मानव जातिको साझा मूल्यमान्यता हुनुकासाथै विभिन्न मुलुकको व्यापक खोज र मानव भाग्य एकरूपताको स्थापना गर्ने मूल्यमान्यताको आधार पनि हो। प्रजातन्त्रमा विविधता छ, कुनै पनि मुलुकले आफ्नो प्रजातान्त्रिक व्यवस्था बाध्यात्मक रूपमा अरू मुलुकमाथि थोपार्न मिल्दैन, विभिन्न मुलुकले विश्व सभ्यताको विविधतालाई सम्मान गरेर सहयोग गरी र हातमा हात मिलाएर विश्वव्यापी चुनौतीको सामना गर्नुपर्छ।