राष्ट्रिय अवस्था सुहाउने प्रजातन्त्र सबैभन्दा राम्रोःविश्वव्यापी सर्वेक्षण
2023-03-23 18:40:19cri
Share with:

हालै चाइना मिडिया ग्रुपको सीजीटीएन थिंकट्यांक तथा चीन जन विश्वविद्यालय अन्तर्गत देशको शासन व्यवस्था र जनमतको पर्यावरणको अनुसन्धानालयको संयुक्त संयोजनमा 'विश्वव्यापी प्रजातन्त्र अवस्था' सम्बन्धी एक सर्वेक्षण भएको छ। सर्वेक्षणको नतिजा अनुसार, सर्वेक्षणमा सहभागी विश्वव्यापी उत्तरदाताहरूले बाँच्ने अधिकार र विकासको अधिकार जस्ता आधारभूत मानव अधिकारहरूमा ठूलो महत्व दिएका छन्। विश्वव्यापी उत्तरदाताहरूमध्येका ८४.८ प्रतिशतले स्वदेशी राष्ट्रिय अवस्था सुहाउने प्रजातन्त्र सबभन्दा राम्रो भएको विश्वास व्यक्त गरेका छन्।

बाँच्ने अधिकार र विकासको अधिकार नै आधारभूत मानव अधिकार हुन्। प्रजातन्त्रको अवस्थाको अर्थको सन्दर्भमा, विश्वव्यापी सहभागी उत्तरदाताहरूको मनमा पहिलो स्थानमा रहेको अधिकार "आधारभूत बाँच्ने अधिकार" हो (४०.७ प्रतिशत), र त्यसपछि "सबैका लागि समानता" (२९.३ प्रतिशत) भन्ने कानूनी अधिकार हो, अनि "आर्थिक विकास" (२९ प्रतिशत) र "जीवनस्तरको सुधार" (२८.४ प्रतिशत) द्वारा प्रतिनिधित्व गरिएको विकासको अधिकार हो।

पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्रको अवधारणाको विश्वव्यापीका उत्तरदाताहरूले समर्थन गरेका छ्न्। प्रजातन्त्र सिँगारपटार होइन तर जनताले व्यावहारिक समस्याको समाधान गर्दा प्रयोग गर्नुपर्ने हो भन्ने कुरामा चीनले जोड दिँदै आएको छ। बितेका केही दशकहरूमा चीनले पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्रको निर्माणलाई चौतर्फी रूपमा बढाउँदै आएको छ जसमा सर्वसाधारणको सबभन्दा व्यापक र निरन्तर सहभागी भएको छ भने सम्पूर्ण प्रक्रियामा पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्रको मूल अवधारणालाई पनि सर्वेक्षणमा व्यापक रूपमा मान्यता दिइएको छ।