जिम्बाब्वेमा चिनियाँ “मायालु आमा” को परोपकारी काम
2023-03-24 09:09:15cri
Share with:

जिम्बाब्वेको राजधानी हरारेको उत्तरस्थित गरिब क्षेत्रमा “अफ्रिकी बालगृहमा होस्सानाको माया” नामक अनाथालय अवस्थित छ। चीनको परम्परागत वसन्त चाडमा “मायालु आमा” ली मानज्विआनले यो अनाथालय गई जिम्बाब्वेमा बसोबास गरिरहेका चिनियाँहरू र चिनियाँ मूलका जिम्बाब्वेलीहरूले चन्दास्वरुप दिएको चामल, पीठो, खाने तेलआदि जीवन सामग्री दिएकी थिइन्। साथै उनले त्यहाँका बालबालिकालाई स्टेशनरी र खिलौना पनि दिएकी थिइन्। 

 

“मायालु आमा” ली मानज्विआनले अनाथ बालबालिकालाई सहयोग गर्नुका साथै उनले धेरै माया पनि पाएकी छिन्। उनी भन्छिन् “सन् २०२० मा कोरोना भाइरस महामारी शुरू भएको अवस्थामा हामीले अनाथालयका बालबालिकालाई नृत्य सिकाएर वुहानको महामारीविरुद्ध समर्थन गर्न संयोजन गरेका थियौँ।”

 

मूनाश यो अनाथालयका कर्मचारीका छोरा हुन्। उनले ली मानज्विआनलाई “खाइली आमा” भन्छन्। ली मानज्विआनको सहयोगमा मूनाश विश्वविद्यालयमा भर्ना हुने छन्। मूनाशले फुर्सदमा होस्साना प्राथमिक विद्यालयमा गणित, चिनिषाँ भाषा सिकाउने गरेका छन्। उनले आफूले पाएको माया र इच्छालाई अरू बालबालिका दिने आशा लिएका छन्। उनी भन्छन् “मैले “खाइली आमा” बाट पाएको माया र इच्छालाई अरू बालबालिकालाई पनि दिने आशा लिएको छु। यसो भएमा बालबालिका भविष्यप्रति आशावादी हुने छन्। उनीहरूको लक्ष्य र त्यही अनुसारको शक्ति हुने छ।”

 

ली मानज्विआनकाअनुसार, सन् २०१६ मा “मायालु आमा” परोपकार संगठनलेस्थापना गरेयता अनाथलाई मद्दत दिनुका साथै अरु वञ्चित समूहलाई मद्दत दिएको छ। “मायालु आमा” ले मायालाई जिम्बाब्वेमा राखेका छन्।

 

ली मानज्विआनकाअनुसार, दश वर्षसम्म परोपकारी काम गरेपछि “चिनियाँ आमा” ले वस्तुगत कारवाहीमार्फत चीन र जिम्बाब्वेको मित्रताका लागि ठूलो योगदान दिएको छ। उनी भन्छिन् “हामीले अरू धेरैलाई मद्दत दिएका छौँ, जिम्बाब्वेमा बसोबास गरिरहेका चिनियाँ र चिनियाँ महिलाको माया देखाएका छौँ। हामीले चिनियाँप्रतिको समाजको आधारभूत क्षेत्रका व्यक्तिहरूको विचारलाई परिवर्तन गरेका छौँ। मेरो विचारमा यसको गहिरो अर्थ रहेको छ।”

 

लीले जिम्बाब्वेमा बीस वर्षदेखि बसोबास गर्दैआएकी छिन्। जिम्बाब्वे उनको दोस्रो घर बनेको छ। उनले भविष्यमा चीन र जिम्बाब्वेबीचको मित्रता बढाउनका लागि निरन्तर रुपमा भूमिका निर्वाह गर्ने आशा लिएकी छिन्।