अमेरिकी गुप्तचर एजेन्सीद्वारा "उत्तर स्ट्रिम" घटनालाई झुटा ठहर
2023-03-24 17:07:23cri
Share with:

 

स्थानीय समय अनुसार मार्च २२ तारिख एक चर्चित अमेरिकी खोज पत्रकार सेमोर हर्शले सामाजिक संजालमा फेरि एक पटक एउटा समाचार सार्वजनिक गरे। उनका अनुसार तथाकथित "युक्रेन सरकार" निकटस्थ समूहले "उत्तर स्ट्रिम" पाइपलाइन उडाएको भन्ने समाचार झुटा थियो। यो गलत समाचार सत्य ढाकछोप गर्न अमेरिकी गुप्तचर एजेन्सीहरूले फैलाएका थिए। 

यदि यो रिपोर्ट साँचो हो भने संयुक्त राष्ट्रसंघले "उत्तर स्ट्रिम" घटनाको अन्तर्राष्ट्रिय अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन झनै आवश्यक छ। हालसम्म सेमोर हर्शले समाचार सार्वजनिक गरेकत्र डेढ महिना भइसक्यो र अमेरिका साधारण अस्वीकारोक्ति बाहेक चुपचाप बसिरहेको छ।


अमेरिकी गुप्तचर एजेन्सीहरू र मिडियाले सरकारलाई सघाउनका लागि झुटको खेती गरिरहेका छन् र अमेरिकाले अझै पनि सम्बन्धित अनुसन्धानहरू रोक्न प्रयास गरिरहेको देखिन्छ। यसरी नै पत्रकार हर्शको रिपोर्ट अझ विश्वसनीय बनेको छ।

बढ्दो प्रमाणको अनुहारमा अमेरिकाको सामान्य अस्वीकार अविश्वसनीय मानिन्छ। र संयुक्त राष्ट्र संघले "उत्तर स्ट्रिम" घटनाको अनुसन्धानलाई समर्थन गर्नुपर्छ। अन्यथा अमेरिकी मौनता र स्वीकृतिले मात्रै केही फरक पर्नेछैन।