एउटा साझा समृद्ध विश्वको निर्माण
2023-03-24 15:26:58cri
Share with:


दश वर्षअगाडिको वसन्त चाडमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मस्को अन्तर्राष्ट्रिय सम्बन्ध संस्थामा सम्बोधन गर्दै पहिलो पटक मानव समुदाय भाग्य एकरूपताको विचारधारा प्रस्तुत गर्नुभएको थियो।

सन् २०१५ को सेप्टेम्बरमा ७०औँ संयुक्त राष्ट्र संघको सामान्य बहसमा राष्ट्राध्यक्ष सीले फ्नो सम्बोधनमा साझेदारी सम्बन्ध, सुरक्षा प्रारूप, विकास प्रवृत्ति, सभ्यताको आदानप्रदान र पर्यावरणीय प्रणाली गरी पाँचवटा आयामबाट मानव समुदाय भाग्य एकरूपताको अर्थ व्याख्या गर्नुभएको थियो।

दश वर्षयता राष्ट्राध्यक्ष सी चिनफिङले दीर्घकालीन तिहासिक दृष्टि लिएर लगातारबेल्ट एण्ट रोडप्रस्ताव, विश्व विकास प्रस्ताव, विश्व सुरक्षा प्रस्ताव र विश्व सभ्यता प्रस्ताव प्रस्तुत गरी मानव समुदाय भाग्य एकरूपता विचारधाराको विषयलाई प्रशस्त पार्नुभएको छ। यी विचारधाराले हामी मानवजातिला विश्व, युग र इतिहासको परिवर्तनको सामना गर्न चिनियाँ उपाय प्रदान गरेको छ।