संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदको ५२औँ अधिवेशनमा चीनका सिन्च्याङ प्रतिनिधिद्वारा सत्यतथ्य प्रस्तुत
2023-03-25 17:26:57cri
Share with:

स्थानीय समय अनुसार मार्च २३ तारिख चीनको सिन्चियाङका रबिच्याङ तुरुपले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको ५२औँ अधिवेशनमा सिन्च्याङ सम्बन्धी सत्यतथ्यबारे परिचय दिनुभएको छ।

 

रबिच्याङ तुरुप अहिले सिन्च्याङको होटान क्षेत्र अन्तर्गत छ ल नामक जिल्लामा रहेको एक निजी कम्पनीका प्रमुख हुनुहुन्छ तर पहिला अपराध प्रमाणित हुँदा सजाय पाउनुभएको थियो। उहाँले आफूले सजाय भोगेको कारागारमा कहिल्यै कुटपिट, गाली, भेदभाव, हिंस्रक यातना वा अरू आपराधिक दुर्व्यवहार पनि नभएको कुरा बताउनुभयो।

 

कारागारका प्रहरीहरूबाट हौसला पाएर उहाँले स्व-अध्ययनमार्फत सिञ्च्याङ विश्वविद्यालयबाट डिप्लोमा पूरा गर्नुभएको थियो र अहिलेसम्म जीवनयापन राम्रो बन्दै गएको छ।