विदेशी कम्पनीहरूलाई अनावश्यक दबाउने काम बन्द गर्न अमेरिकालाई चीनको आग्रह
2023-03-25 17:27:43cri
Share with:

चिनियाँ कम्पनी टिकटकका कार्यकारी प्रमुखको अमेरिकी कङ्ग्रेसको सुनुवाइमा उपस्थितिको जवाफमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले २४ तारिखको नियमित पत्रकार सम्मेलनमा अमेरिकी पक्षले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाका सिद्धान्तहरूलाई व्यवहारिकरूपमा सम्मान गर्नुपर्ने र अन्य देशका कम्पनीहरूलाई अनावश्यक रूपमा दबाउन बन्द गर्नुपर्ने कुरा बताउनुभयो।

 

यसको साथै प्रवक्ता माओ निङले विश्वका विभिन्न मुलुकका कम्पनीहरूले अमेरिकामा लगानी गर्नका लागि खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित वातावरण उपलब्ध गराउन अमेरिकासँग माग गरेको पनि व्यक्त गर्नुभयो।