७३ प्रतिशत नेपालीले चलाउँछन् स्मार्टफोन
2023-03-25 16:35:43cri
Share with:

नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणको पहुँचमा मोबाइलफोन पुगेको छ। शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणले मोबाइल फोन बोक्छन्। तीमध्‍ये कोशी प्रदेशमा ७२.६ प्रतिशत, मधेश प्रदेशमा ७४.८ प्रतिशत, बागमती प्रदेशमा ६८.२ प्रतिशत, गण्डकी प्रदेशमा ७१.१ प्रतिशत, लुम्बीनी प्रदेशमा ७४.६ प्रतिशत, कर्णाली प्रदेशमा ८२.२ प्रतिशत र सुदूरपश्‍चिम प्रदेशमा ७९.१ प्रतिशत जनताको हातमा मोबाइल फोन रहेको पाइएको छ ।

 

यस्तै नेपालमा बसोबास गर्ने ७३ प्रतिशत जनताले स्मार्ट मोबाइल फोन चलाउने गरेको प्रतिवेदनमा उल्लेख छ । जसमध्‍ये कोशी प्रदेशमा ७४.२ प्रतिशत, मधेश प्रदेशमा ६६.९ प्रतिशत, बागमती प्रदेशमा ८० प्रतिशत, गण्डकी प्रदेशमा ७७.८ प्रतिशत, लुम्बीनी प्रदेशमा ७५.५ प्रतिशत, कर्णाली प्रदेशमा ५८.४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६२.६७ प्रतिशत जनाको हातमा स्मार्टफोनको पहुँच रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

 

यसैगरी नेपालमा ल्याण्डलाइन टेलिफोन ४.५ प्रतिशत जनताले मात्रै प्रयोग गरेको पाइएको छ । जसमध्‍ये कोशी प्रदेशमा ३.१ प्रतिशत, मधेशमा १.६ प्रतिशत, बागमतीमा १०.१ प्रतिशत, गण्डकीमा ५.२ प्रतिशत, लुम्बिनीमा ३ प्रतिशत, कर्णालीमा १.९ प्रतिशत र सुदूरपश्चिममा २.१ प्रतिशत जनाले मात्रै ल्याण्डलाइन फोन प्रयोग गरेका छन् ।

 

अनलाइनखबरका अनुसार ३४.२ प्रतिशतले नेपालीले रेडियो सुन्छन् भने ४९.४ प्रतिशतको घरमा मात्रै टेलिभिजन सुविधा छ । यस्तै १५ प्रतिशत नेपालीहरुको पहुँचमा कम्प्युटर तथा ल्यापटप सुविधान छ भने ३७.८ प्रतिशत नेपाली इन्टरनेटको प्रयोग गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनले जनाएको छ।