राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चाइना विकास उच्चस्तरीय मञ्च सन् २०२३ को वार्षिक सम्मेलनलाई बधाई सन्देश
2023-03-26 16:16:36cri
Share with:

मार्च २६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना विकास उच्चस्तरीय मञ्च सन् २०२३ को वार्षिक सम्मेलनलाई बधाई सन्देश पठाउनुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले चीनले वैदेशिक खुलापनको आधारभूत राष्ट्रिय नीतिलाई कायम राख्नुका साथै दृढताका साथ आपसी हितयुक्त र साझा जीतको खुलापनयुक्त रणनीति अपनाएर चीनको नयाँ विकासको सदुपयोग गर्दै निरन्तर रूपमा विश्वका लागि नयाँ अवसर पनि सिर्जना गर्दै जाने कुरामा जोड दिनुभएको छ।

 

चाइना विकास उच्चस्तरीय मञ्च सन् २०२३ को वार्षिक सम्मेलन २६ तारिख पैचिङमा शुरू भएको छ। आर्थिक पुनरूत्थान: अवसर र सहकार्य भन्ने सो सम्मेलनको मुख्य नारा रहेको छ। त्यसको संयोजक राज्य परिषद् अन्तर्गत विकास र अनुसन्धान केन्द्र रहेको छ।