अमेरिकाद्वारा फेरि राजनीतिक दोषारोपणको बेतुका अभ्यास शुरू
2023-03-26 18:43:17cri
Share with:

 

हालै अमेरिकाले फेरि एक पटक "राजनीतिक स्रोत ट्रेस"को सिर्जना गरी चीनमाथि दोषारोपण गर्न खोजेको छ। अमेरिकाले यस्तो गरेको यो पहिलो पटक होइन। सन् २०२१ मा अमेरिकी सरकारले तथाकथित कोभिड-१९ भाइरसको स्रोत ट्रेसको रिपोर्ट सिर्जना गर्न गुप्तचर एजेन्सीलाई ९० दिनभित्रमा रिपोर्ट निकाल्न आदेश दिएको थियो। जस्तो बेतुका राजनीतिक प्रहसन फेरि एक पटक मञ्चन भएको छ ।

 

यो एउटा पुरानो चाल हो जुन अमेरिकी सरकारले आफ्नो शासकीय असफलता ढाक्न र सार्वजनिक ध्यान हटाउनको लागि प्रयोग गर्दछ। हाल अमेरिकामा बारम्बार गोलाबारी, तीव्र जातीय द्वन्द्व, सामाजिक अस्थिरता र गम्भीर मुद्रास्फीति उत्पन्न हुँदै आएका छन्। आफ्नो जिम्मेवारी पन्छाउनको लागि अमेरिकी राजनीतिज्ञहरूले तुरून्तै नयाँ राजनीतिक घटना सिर्जना गर्नु आवश्यक हुन्छ।

 

गहिरो स्तरबाट हेर्दा यो राजनीतिक प्रहसन अमेरिकाले चीनका लागि देखाएको रणनीतिक चिन्ता हो। भाइरसको स्रोत ट्रेस एक वैज्ञानिक मुद्दा हो र राजनीतिकरण गरिनुहुँदैन। अमेरिकाले फेरि एक पटक "राजनीतिक स्रोत ट्रेस"को सिर्जना गरेको छ जसले आफ्नै समस्याको समाधान गर्न सक्दैन। यसले मात्र विश्वलाई अझ स्पष्ट रूपमा देखाउनेछ कि अमेरिका विश्वव्यापी महामारी विरूद्धको कार्यमा सबैभन्दा ठूलो विनाशक हो र स्रोत ट्रेस कार्यको सबैभन्दा ठूलो अवरोध पनि हो।