राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ब्राजिलका राष्ट्रपति लुलालाई सन्देश
2023-03-26 18:55:55cri
Share with:

आज मार्च २६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ब्राजिलका राष्ट्रपति लुलालाई एक सन्देश पठाउनुभयो।

 

राष्ट्राध्यक्ष सी चिनफिङले इन्फ्लुएन्जा र निमोनियाका कारण राष्ट्रपति लुलाको चीन भ्रमण स्थगित गर्नुपर्ने कुरा सुनेर दुःख लागेको बताउनुभयो। उहाँले राष्ट्रपति लुलाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै दुबै पक्षका लागि सुविधाजनक मितिमा यथाशीघ्र चीनको भ्रमण गर्न पनि स्वागत गर्नुभएको छ।