चीन र होन्डुरसबीच दौत्य सम्बन्ध स्थापना
2023-03-26 16:15:08cri
Share with:

सन् २०२३ को मार्च २६ तारिख चीनको राज्य परिषद्का सदस्य एवम् परराष्ट्र मन्त्री छिन काङले पैचिङमा होन्डुरसका विदेश मन्त्री एइनासँग वार्ता गर्दै “जन गणतन्त्र चीन र गणतन्त्र होन्डुरसबीच दौत्य सम्बन्ध स्थापना सम्बन्धी संयुक्त विज्ञप्ति”मा हस्ताक्षर गर्नुभएको छ।

 

दुवै देशका जनताको हित र अभिलाषा बमोजिम उक्त विज्ञप्ति हस्ताक्षरित भएको दिनदेखि दुवै देशले एकले अर्कालाई राजदूत स्तरीय दौत्य सम्बन्धको स्थापना गर्ने र त्यसलाई मान्यता दिने निर्णय गरेको सो विज्ञप्तिमा उल्लेख छ।

 

दुवै देशका सरकारले एकले अर्काको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने, एकले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समान र आपसी हितयुक्त तथा शान्तिपूर्ण सहअस्तित्वको सैद्धान्तिक आधारमा दुवै देशको मैत्रीपूर्ण सम्बन्धको विकास गर्न सहमति जनाएका छन्।