चीन विकास उच्चस्तरीय मञ्चको सन् २०२३ वार्षिक सम्मेलन शुरू
2023-03-27 14:49:12cri
Share with:

चीन विकास उच्च स्तरीय मञ्चको वार्षिक सम्मेलन हाल पैचिङमा जारी छ। यस सन् २०२३ वार्षिक सम्मेलनको मुख्य विषयहरूमध्येको एउटा चीनमा लगानी गर्ने रहेको छ। धेरै सम्मेलनमा भाग लिएका विश्वका ५०० शक्तिशाली व्यवसाय तथा अन्तर्राष्ट्रिय कम्पनीले चीनमा लगानी गर्ने नयाँ योजना लिएका छन्। उनीहरूले व्यवहारमा चीनलाई विश्वासको भोट दिएका छन्।

जर्मनी बोस्च ग्रूपका अध्यक्ष स्टेफान हार्टुङले चाइना मिडिया ग्रूपलाई अन्तर्वार्ता दिँदै बोस्चले चीनमा उत्पादन क्षमता विस्तृत पार्दै चीनमा रहेको लगानी नयाँ प्रविधि युगमा सार्ने व्यक्त गर्नुभएको छ।

बेलायती औषधि उत्पादन कम्पनी एस्ट्राजेनेकाका सीई सुबोकले एस्ट्राजेनेकाले च्याङसु प्रान्तको सहयोगलाई विस्तृत पार्नुका साथै शानतोङ प्रान्तको छिङताउ सहरमा ४५ करोड अमेरिकी डलर लगानी गरी एउटा नयाँ उत्पादन कारखानाको स्थापना गर्ने बताउनुभएको छ।

हालै धेरै अन्तर्राष्ट्रिय व्यवसायका उच्च कार्यकारीहरूले चीनको भ्रमण गरेका छन्। उनीहरूले महामारीपछि तीन वर्षमा पहिलो पटक चीन आएर मञ्चको भाग लिने, बजारको अवलोकन गर्ने तथा सहयोगबारे परामर्श गरेका छन्।