प्रधानमन्त्री ली छ्याङ पोआउ एशिया मञ्च २०२३को वार्षिक सम्मेलनमा सहभागी हुनुहुने
2023-03-27 18:26:52cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयको वेबसाइट अनुसार परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले मार्च 30 तारिख हाइनानमा आयोजना हुने पोआउ एसिया मञ्च २०२३को वार्षिक सम्मेलनको उद्घाटन समारोहमा चीनका प्रधानमन्त्री ली छ्याङद्बारा मुख्य भाषण दिइने जानकारी दिनुभएको छ।

 वार्षिक मञ्चमा सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङ, मलेसियाका प्रधानमन्त्री अनवर, स्पेनका प्रधानमन्त्री सान्चेज, कोटडी आइभोरका प्रधानमन्त्री आश र अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक जर्जिएभालाई निमन्त्रणा दिइएको छ।

 प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङ, मलेसियाका प्रधानमन्त्री अनवर र स्पेनका प्रधानमन्त्री सान्चेजले संयुक्त रूपमा वार्षिक बैठकमा भाग लिनुका साथै चीनको औपचारिक भ्रमण गर्ने कार्यक्रम छ।