पोआऊ एशिया मञ्च सन् २०२३ वार्षिक सम्मेलनको तयारी पूरा
2023-03-27 15:07:51CRI
Share with:

पोआऊ एशिया मञ्चको सन् २०२३ वार्षिक सम्मेलन मार्च २८ तारिखदेखि ३१ सम्म चीनको हाइनान प्रान्तीय पोआऊमा आयोजना हुनेछ। हाल विभिन्न तयारी कार्य पूरा भइसकेको छ। साथै आज २७ तारिखदेखि प्रेस केन्द्र पनि सञ्चालन गरिएको छ। 

प्राप्त जानकारीअनुसार, हाल प्रेस केन्द्रमा दर्ता गरिएका सम्वाददाताको संख्या १००० भन्दा बढी पुगेको छ। 

यो वार्षिक सम्मेलनको मुख्य विषयवस्तु “अनिश्चित विश्वः एकता तथा सहकार्यबाट चुनौतीको सामना गर्नुका साथै खुलापन तथा सहिष्णुताबाट विकासको प्रवर्द्धन” रहेको छ। करिब ५० देश तथा क्षेत्रका २००० भन्दा बढी अतिथिहरू उक्त सम्मेलनमा सहभागी हुनेछन्। चार दिने सम्मेलनमा “बेल्ट एण्ड रोड”, चिनियाँ शैलीको आधुनिकीकरण, एशियाको सहकार्य विश्वको अर्थतन्त्र, विश्वको भूराजनीतिलगायत विषयमा लगभग ५० वटा मञ्च, राउण्ड टेबुल तथा पत्रकार सम्मेलनको आयोजना गरिने छ।