बहुपक्षीयतामा अडिग रहेमात्रै विश्वको समृद्धि तथा विकास हुने-एआईआईबी बैंकः
2023-03-27 10:38:09CRI
Share with:

 

सन् २०२३ चीन विकास उच्चस्तरीय मञ्च वार्षिक सम्मेलनमा एशियाली पूर्वाधार लगानी बैंक अर्थात् एआईआईबीका प्रमुख चिन लीछ्युनले सम्बोधन गर्नुभएको छ। उहाँका अनुसार, चीनको आर्थिक वृद्धिबाट प्रोत्साहित भएर एआईआईबीले विभिन्न क्षेत्रमा विभिन्न देशको विकासलाई समर्थन दिने छ।

सुधार तथा खुलापनमा चीन अडिग रहने बताउँदै जसले विश्वको बैकिंङ व्यवस्थालाई स्थीर पार्नका लागि सक्रिय भूमिका खेल्ने विश्वास प्रमुख चिनले व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार, एआईआईबीको स्थापनाको ८ वर्ष भइसकेको छ। जसले ठूलो उपलब्धि हासिल गरेको छ। एआईआईबीको अन्तर्राष्ट्रिय स्तर, उच्च मापदण्ड र गुणस्तर अन्तर्राष्ट्रिय जगतबाट व्यापक सहमति पाएको छ। विगत केही वर्षमा श्रीलंकालाई ऋण संकटको सामना गर्न, पाकिस्तानलाई भयंकर बाढी प्रकोपको विरोध गर्न आदि मामिलामा एआईआईबीले समर्थन दिएर बहुपक्षीय संस्थाको भूमिका खेलेको थियो। जसबाट एआईआईबीको विश्वसनीयता बढेको छ।

बहुपक्षीयता आवश्यक मार्ग हो र बहुपक्षीयतामा अटल रहे मात्रै विश्वको शान्ति, समृद्धि तथा विकासको निर्माण गर्नसक्ने विश्वास एआईआईबीको छ।