चीन-होन्डुरस कूटनीतिक सम्बन्ध स्थापना भएबाट एक चीन नीतिप्रति न्याय
2023-03-27 16:04:39cri
Share with:

होन्डुरसले थाइवान सत्तारूढसँग कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेपछि २६ तारिख जन गणतन्त्र चीनले होन्डुरससँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। यसरी नै विश्वमा जम्मा गरी १८२ वटा मुलुकले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका छन् भने थाइवान सत्तारूढसँग कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या १३ वटा मात्र बाँकी छन्। यसबाट एक चीन नीति अन्तर्राष्ट्रिय समूहको सामान्य सहमति र अन्तर्राष्ट्रिय सम्बन्धको सामान्य मान्यता भएको देखिएको छ। होन्डुरसले विकास प्रवृत्तिसँग अनुकूल गरी इतिहासको सही पक्ष र अधिकांश मुलुकको पक्षमा बसेको छ।

विश्वमा एक चीन मात्र छ भने जन गणतन्त्र चीन सरकार चीनको प्रतिनिधि गर्ने एक मात्र वैधानिक सरकार हो अनि थाइवान नै चीनको भूभागको अविच्छिन्न भाग हो। यो नै निर्विवाद इतिहास र तथ्य हो। केही वर्षयता पानामा, एल साल्भाडोर, निकारागुआ, होन्डुरस लगायत मुलुकले थाइवान सत्तारूढसँग कूटनीतिक सम्बन्धलाई अन्त्य गरी जन गणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने वा पुनःस्थापना गर्ने गरेका छन्, यो नै एक चीन नीतिको आधारमा गरेको राजनीतिक छनौट हो। होन्डुरसका विदेशमन्त्री रेनाले भन्नुभए झैँ चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नु नै राजनीतिक निर्णय हो भने यस दिशातिर विश्व हिँडिरहेको छ।

पछिल्लो समाचार अनुसार, चीनले होन्डुरसलाई बेल्ट एन्ड रोड इनिसियटिभ, विश्व विकास पहल, विश्व सुरक्षा पहल, विश्व सभ्यता पहलमा संलग्न भएर सम्बद्ध प्रारूपमा आदान-प्रदान र व्यवहारिक सहयोगलाई बढाउन स्वागत गरेको छ। साथै चीनले आयात बृद्धि, लगानी प्रोत्साहन, पूर्वाधार निर्माणमा सहभागिता, जनता सुविधा कार्यक्रमलाई प्राथमिकता लगायत तरिकामार्फत वास्तविक उपलब्धि छिटै प्राप्त गर्ने इच्छा लिएको छ।