कम्बोडियाका विद्यार्थी हाई सु सिनको चीन बसाइको कथा-२
2023-03-27 09:11:48CRI
Share with:

सिहानौक भिल्ले बन्दरगाह आर्थिक विशेष क्षेत्रमा काम गर्दा हाई सु सिनले चिनियाँहरुका सच्चाइ र उत्साहको अनुभव गरेका थिए। चिनियाँ व्यवसायले ल्याएको नयाँ प्रविधिप्रति उनी छक्क परे। त्यसैले उनले फेरि चीनमा पढ्ने इच्छा लिए। त्यसपछि उनी पैचिङ आउने मौका पाएर टेलिभिजनमा देखेको आश्चर्यजनक दृश्यको अवलोकन गरेका थिए।

पहिलो पटक निषिद्ध दरबार घुम्दा म आश्चर्यचकित भएँ। त्यहाँ निकै शान्दार र सुन्दर संरचना छ। त्यो प्राचीन चिनियाँहरुले निर्माण गरेको मूल्यवान सम्पति हुनुका साथै विश्वको सांस्कृतिक सम्पदा पनि हो। 

पैचिङ रासायनिक उद्योग विश्वविद्यालयमा पढेको आधा वर्ष पनि नपुग्दै सहपाठीहरुको मित्रता तथा उत्साह र पढाउने विविध तरिकाप्रति हाई सु सिनलाई चित्त बुझ्यो।

 मेरा चिनियाँ साथीहरुसँगै पढ्न मलाई मन पर्छ। किनभने मैले एउटा चिनियाँ उखान सिकेको छु, “एक देशका युवा पुस्ता दरिलो भयो भने त्यो देश शक्तिशाली हुन्छ”। अवसर मिलेर चिनियाँ योग्य व्यक्तिहरुसँगै मिलेर पढ्दै मातृभूमिको भावी विकासका लागि कोसिस गर्नु एउटा गौरवान्वित कुरा हो। 

चालू वर्ष चीन-कम्बोडिया सम्बन्धको स्थापना भएको ६५ औँ वार्षिकोत्सव हो। विगत केही वर्षदेखि चीन-कम्बोडिया साझा भाग्य समुदायको निर्माणमा प्रशस्त उपलब्धिहरु प्राप्त भएको छ। हाई सु सिनले चीन-कम्बोडिया सहयोग अरु उच्च स्तरमा पुग्न सक्ने र चिनियाँ साथीहरुले कम्बोडियाको भ्रमण गर्न सक्ने आशा गरेका छन्।

चीन र विश्वका धेरै मुलुकहरु बीचको सम्बन्ध राम्रो छ, विशेष गरी कोरोना महामारीको अवधिमा चीनले धेरै मुलुकहरुलाई महामारीको प्रतिरोधमा सहायता पुर्‍याउँदै ठूलो मुलुकको जिम्मेवारी वहन गरेको छ। चीन-कम्बोडिया स्वतन्त्र व्यापार सन्धि लागू गरिएपछि कम्बोडियामा चीनको लगानी पनि धेरै मात्रामा बढेको छ, तीमध्ये पूर्वाधारको निर्माण, उर्जा तथा कृषि लगायत क्षेत्रहरु समावेश छन्। मैले दुई मुलुकबीचको अरु बढी तथा व्यापक आर्थिक सहयोग हुन सक्ने आशा गर्नुका साथै अरु बढी चिनियाँहरु कम्बोडियाको यात्रा गर्न सक्ने अपेक्षा गरेको छु। 

भविष्यबारे चर्चा गर्दै हाई सु सिनले विश्वविद्यालयबाट स्नातकपछि निरन्तर रुपमा चीनमा अध्ययन गरी चिनियाँ युवा-युवतीहरुसँगै दुई मुलुक बीचको मित्रताका लागि आफ्नो योगदान पुर्‍याउन सक्ने आशा गरेका छन्।

विश्वविद्यालयबाट स्नातकपछि मैले स्नातकोत्तर पढ्ने योजना बनाएको छु। स्नातकोत्तर प्राप्त गरेपछि चीनमा सिकेको ज्ञान मेरो मातृभूमिमा लगेर चीन-कम्बोडिया आर्थिक सहयोगका लागि आफ्नो योगदान पुर्‍याउन सक्ने आशा मैले गरेको छु।