विश्व बैंक: चीनको आर्थिक पुनरुत्थानले विश्वव्यापी विश्वास वृद्धि
2023-03-27 16:00:59cri
Share with:

 

चीन विकास मञ्च- 2023 वार्षिक बैठक पैचिङमा आयोजना भइरहेको छ। विश्व बैंकका कार्यकारी उपाध्यक्ष एक्सेल भोन टोसेनबर्गले सिएमजीका एक रिपोर्टरसँगको विशेष अन्तर्वार्ता स्वीकार गरेका छन्।  

 पछिल्लो "ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स" प्रतिवेदनमा विश्व बैंकले सन् २०२३ मा विश्वव्यापी आर्थिक वृद्धि प्रक्षेपणलाई १.७ प्रतिशतमा घटाएको छ। यो गत वर्षको जुनमा गरिएको प्रक्षेपणभन्दा १.३ प्रतिशतले कम हो। टोसेनबर्गले यो वर्ष विश्व अर्थतन्त्रमा रहेको ठूलो अनिश्चितता भएको बताए।

 

यस वर्षको सुरुदेखि नै अन्तर्राष्ट्रिय संस्थाहरूले सन् २०२३मा चीनको आर्थिक वृद्धिको प्रक्षेपण गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले यस वर्षको चीनको आर्थिक वृद्धिको प्रक्षेपण बढाएर ५.२ प्रतिशत पुर्याएको छ भने मार्चको मध्यमा आर्थिक सहयोग तथा विकास संगठनले चीनको आर्थिक वृद्धिदर ४.६ प्रतिशतबाट ५.३ प्रतिशतमा पुर्याएको छ । विश्व अर्थतन्त्रले धेरै चुनौतीहरूको सामना गरिरहेको बेला चिनियाँ अर्थतन्त्रको समग्र सुधारले विश्वको विश्वासमा ठूलो वृद्धि भएको टोसेनबर्गको ठहर छ।