"राष्ट्रिय खाद्य सुरक्षामा सी चिनफिङका विचारधाराहरू" प्रकाशित
2023-03-27 20:04:22cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी इतिहास र दस्तावेज अनुसन्धान संस्थानले सम्पादन गरेको "राष्ट्रिय खाद्य सुरक्षामा सी चिनफिङका विचारधाराहरू" हालै राष्ट्रव्यापी रूपमा सार्वजनिक गरिएको छ।

 खाद्य सुरक्षा राष्ट्रको सबैभन्दा ठूलो महत्व हो। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनदेखि सी चिनफिङ केन्द्रित कम्युनिष्ट पार्टी केन्द्रीय समितिले राष्ट्रिय खाद्य सुरक्षालाई ठूलो महत्त्व दिएको छ र एक अर्बभन्दा बढी मानिसको खाद्य समस्या समाधान गर्ने कार्यलाई सधैं उच्च प्राथमिकतामा राखेको छ। खाद्य सुरक्षालाई राष्ट्रिय शासनको प्रथम महाकार्यको रुपमा लिँदै कृषि र ग्रामीण क्षेत्रको आधुनिकीकरणलाई तीव्रता दिँदै अन्न उत्पादन क्षमतामा लगातार सुधार गरिरहेको देखिन्छ।

 चीनको कुल अनाज उत्पादन विश्वमा पहिलो स्थानमा छ, र1.4 बिलियन भन्दा बढी मानिसहरूको खाद्य सुरक्षा प्रभावकारी रूपमा ग्यारेन्टी गरिएको छ। ग्रामीण पुनरुत्थानलाई व्यापक रूपमा प्रवर्द्धन गर्न, बलियो कृषि प्रधान देशको निर्माणलाई गति दिन र खाद्य सुरक्षाको जगलाई चौतर्फी रूपमा सुदृढ पार्न राष्ट्राध्यक्ष सीले राष्ट्रिय खाद्य सुरक्षाका लागि गर्नुभएका शृङ्खलावद्ध विचारधाराहरुको महत्त्वपूर्ण भूमिका छ।