#अल्पसंख्यक जाति# जन्मथलोमा मृगको पशुपालक बन्ने युवक
2023-03-28 09:04:25CRI
Share with:

अ-वन-ख जाति चिनियाँ अल्पसंख्यक जातिहरूमध्येको एक हो। अवनखको अर्थ “पहाडी वनमा बस्ने मान्छेहरू” भन्ने हो। उत्तरी चीनको ता सिङ आन लिङ पहाडी क्षेत्रमा अवनख जातीय समूह बसेका छन्। उनीहरूले युगौंयुगदेखि मृगपालन र शिकारमार्फत् जीवन बिताउँछन्। नयाँ चीनको स्थापनापछि सरकारको सहयोगमा अवनख जाति स्थायी रूपमा बसोबास गर्न थालेका हुन्। हाल भित्री मंगोलिया स्वायत्त प्रदेशको कनह शहरमा केही अवनख जातिले पहाडको फेदीमा बसेर पहाडमा मृगको पालन गर्ने रीतिरिवाज कायम राख्दैछन्।

अवनख जातीय युवक यु क्वो चालू वर्ष २९ वर्षीय भए। बाल्य कालमा उनले पहाडी क्षेत्रबाट बाहिर गएर चीनको दक्षिणी भागमा हुर्किएका थिए। त्यसपछि उनले धेरै शहरमा काम गरे।  सन् २०१८ मा आमालाई मृगपालनमा सहयोग गर्नका लागि उनले कन ह शहरमा फर्किए। समृद्ध शहरबाट शान्तिपूर्ण वनस्पतिसम्म उनको जीवन पनि शान्तितर्फ फर्केको छ।   

हिउँद ऋतुमा दा सिङ आन लिङ पहाडी क्षेत्र हिउँले  ढाकिएको छ। त्यहाँको तापक्रम सधैं लगभग माइनस ४० सेन्टीग्रेड छ। यु क्वोको परिवारबाट पालन गरिएका मृगहरू यस्तो वनमा बस्छन्।  मृगहरूलाई हेरचाह गर्नका लागि यु क्वोले पहाडमा पनि बस्नुपर्छ। पहाडमा बस्ने जीवन बाह्य जगतभन्दा फरक छ। धेरै दैनिक आवश्यकता जंगलबाट प्राप्त गर्नुपर्छ। काठ काट्ने, पानी र खाना पकाउने, मृग पालन गर्ने आदि, केही वर्षमा यु क्वोले बाह्य जगतभन्दा अलग जीवन बिताउँदैछन्। वनस्पति उनको घरआवास हो। तर मृगको पालन ज्यादै महत्वपूर्ण मामिला हो। यो यु क्वो परिवारको आम्दानी मात्र नभई अवनख जातिको परम्पराको उत्तराधिकार पनि हो।

 

सन् २०२२देखि यु क्वोले छोटो भिडियो मञ्चमा आफ्नो जीवन बाँड्नथालेका छन्। वनस्पतिमा संकेत नभएका हुनाले उनले भिडियो रेकड गरेर पहाडी फेदीमा पोस्ट गर्नुपर्छ। उनले अवनख जातिको सबैभन्दा वास्तविक जीवन सर्वसाधारणलाई देखाउने आशा गरेका छन्। वनमा विस्तारै रूपमा हिंड्ने मृगहरू, सेतो हिउँ, खाना खोज्ने चराहरू, यी प्राकृतिक दृश्यले छिटै सर्वसाधारणको नजर आकर्षित गरेको छ।

हाल कन ह सरकारले अवनख जातिका लागि बसोबास क्षेत्रको स्थापना गरेको छ। त्यहाँ हिटिङ, पानी र इन्टर्नेट सबैको आपूर्ति छ। पढ्न र चिकित्सा लिन पनि सुविधाजनक छ। यु क्वोले आमाको सट्टामा एकजना कर्मचारीलाई रोजगारी दिएर काम गर्ने योजना बनाउँदैछन्। यसरी आमा बसोबास क्षेत्रमा बस्न सक्नुहुन्छ। आमाले पहाडमा मृगको पालन गर्ने इच्छा राखेको बेला पहाडमा बस्नुहुनेछ र थकाइ लागेको बेलामा शहरमा बस्नुहुनेछ। यो यु क्वोको भविष्यको योजना हो।