तथाकथित लोकतन्त्र शिखर सम्मेलनबारे चीनको प्रतिक्रिया
2023-03-28 18:34:51cri
Share with:

रूसी परराष्ट्रमन्त्रालयका प्रवक्ताले अमेरिकाले दोस्रो नेतागण लोकतन्त्र शिखर सम्मेलनको आयोजना गरेकोबारे चर्चा गर्दै अरू मुलुकको लोकतन्त्र मामिलामा हस्तक्षेप गर्ने अमेरिकाको कुनै पनि अधिकार नभएको र लोकतन्त्रको परिभाषामाथि एकाधिकार गर्ने अमेरिकाको विरोध गरेको व्यक्त गर्नुभएको छ।

 त्यसबारे पत्रकारको प्रश्नको जवाफ दिँदै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले अमेरिकाले आफ्ना विभिन्न बेफाइदाहरूलाई बेवास्ता गरी तथाकथित लोकतन्त्रको झण्डा लिएर फेरि तथाकथित लोकतन्त्र शिखर सम्मेलनको आयोजना गरेबाट विश्वमा विभाजनको सिर्जना गरेको र अमेरिकाको नक्कली लोकतन्त्र तथा साँच्चिकै प्रभूत्ववादको प्रकृति देखाइएको उल्लेख गर्नुभयो।

 प्रवक्त माउ निङले वर्तमान विश्वमा लोकतन्त्रको नाममा विभाजनको सिर्जना गरेको भन्दै संयुक्त राष्ट्र संघीय बडापत्रको आधारमा एकता र सहयोगलाई बढाएर साँच्चिकै बहु-पक्षीयतावाद चाहिएको दोहोर्याउनुभयो।