पोआउ एशिया मञ्चको वार्षिक सम्मेलन शुरू
2023-03-28 15:09:21cri
Share with:

पोआउ एशिया मञ्चको वार्षिक सम्मेलन आज मार्च २८ तारिखदेखि ३१ तारिखसम्म चीनको हाइनान प्रान्तको पोआउ सहरमा आयोजना हुँदैछ। यस वार्षिक सम्मेलनको अनिश्चित संसारः एकताबद्ध सहयोग गरी चुनौतीको सामना गर्ने, खुला र सहनशीलताबाट विकासलाई अघि बढाइने नाराबाट अन्तर्राष्ट्रिय समाजले शान्ति र सहयोगसँगै विकासलाई बढाउने संयुक्त माग देखाइएको छ। वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिसमक्ष पोआउ एशिया मञ्चको आयोजनाले चीनले दृढताका साथ खुला गर्ने संकेत विश्वलाई पठाएको छ।

यस पटकको वार्षिक सम्मेलन महामारी अगाडिको अवस्थाजस्तो सन् २०१९ को स्तरमा पुनःउत्थान भएर ५० भन्दा बढी मुलुक र क्षेत्रका लगभग २००० अतिथिहरूले भाग लिने छन्। मञ्चको चार दिने अवधिमा ५० पटक शाखा सम्मेलन, गोलमेच बैठक र पत्रकार सम्मेलनको आयोजना हुने छन्। यी बैठक र सम्मेलनमा बेल्ड एण्ट रोड, चिनियाँ शैलीको आधुनिकिकरण, एशिया क्षेत्रीय सहयोग, विश्व आर्थिक अपेक्षा र विश्व भूराजनैतिक अनुमान आदि विषयबारे चर्चा गरिने छ।